एजेन्सी । हमास समूहले युद्धविराम सम्झौताबाट पछि हट्ने संकेत गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक रिहा गर्न चेतावनी दिएका छन्।
इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाई स्थगित गर्ने बताएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले शनिबार १२ बजेसम्म बन्धक सबै मुक्त गर्न चेतावनी दिएका हुन् । उनले यसअघि जस्तो किस्ता किस्तामा नभई एकैसाथ सबैलाई छोड्न आग्रह पनि गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पले शनिबार १२ बजेसम्मको समय भने पनि कुन ठाउँको १२ बजे, दिउँसो वा रातको १२ बजे भन्ने स्पष्ट नगरेका छन्। जब बीबीसीले ट्रम्पसँग सोध्यो कि यदि हमासले बन्धक रिहा नगरे के हुनेछ ? ट्रम्पले भने कि आफूले के भन्न खोजेको कुरा हमासले पनि र सबैलाई थाहा पाइहाल्ने बताएका छन्। ट्रम्पले शनिबारसम्मको डेटलाइन इजरायली प्रधानमन्त्रीको नभई आफ्नो भएको पनि बताए।
यसअघि हमासले एक विज्ञप्ति जारी गर्दै तीन हप्तादेखि इजरायलले बारम्बार युद्धविराम सम्झौता उल्लंघन गरेको र शर्त पूरा नगरेको भन्दै बन्धक रिहाई स्थगित गर्नुपर्ने बताएको थियो। विज्ञप्तिमा यसो भनिएको छ कि इजरायलले विस्थापित प्यालेस्टाइनीहरुलाई उत्तरी गाजामा जान अवरोध गरेको र विभिन्न क्षेत्रमा गोलाबारी भइरहेका छन्।
