भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

१५ दिनभित्र निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन गर्न निर्देशन

१५ दिनभित्र निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन गर्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हुन नसकेका क्याम्समा निर्वाचन गर्न निदेर्शन दिएको हो ।

मंगलबार भएको निर्वाचनमा देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन्।

त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेन। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताए।

सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनबीच कडा प्रतिस्पर्धा भएको छ । गएरातिसम्मको मत परिणामअनुसार नेविसंघ अग्रस्थानमा छ । आंगिक क्याम्पसतर्फ नेविसंघ १२, अनेरास्ववियुले ११ र अखिल क्रान्तिकारीले ७ क्याम्पसका स्ववियु अध्यक्ष जितेका छन्।

उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतलगयातका क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

 


Thali Mobile Pvt.Ltd.