भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

माछाका लाखौँ भूरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र

माछाका लाखौँ भूरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र

हेटौँडा । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भूरा बागमती प्रदेशका विभिन्न जिल्लाका साथै मधेश प्रदेश र भारतमा पनि निर्यात गर्न थालिएको छ ।

केन्द्रका प्रमुख सरोजकुमार यादवका अनुसार खपत भएर बाँकी रहेको भुरा मधेस प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो । प्रमुख यादवका अनुसार केन्द्रमा दुई करोड ह्याचलिङ, १० लाख फ्राई, लाख फिङ्गर आकारका माछाको भूरा एक वर्षमा उत्पादन हुने गरेका छन् ।

जसमध्ये करिब ५२ लाख भूरा बागमती प्रदेशमा खपत हुँदैनन् ।ती बढी हुने माछाका भूरा मधेस प्रदेश र भारततर्फ पठाउने गरेको यादवले जानकारी दिए । केन्द्रमा हाल कमनकार्पको भूरा उत्पादन भईरहेको र अब एक महिनापछि ग्रास, रहु, नैनी, बिगहेड र सिल्भर कार्प उत्पादन गरिने उनले जानकारी दिए ।

नेपालको नदी ताल, तलैयाका लागि भने केन्द्रले सहर र गर्दी माछाको भूरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयमा छाड्ने गरेको प्रमुख यादवले जानकारी दिए । केन्द्रले अहिले खोला नालामा अध्ययन अनुसन्धान गरिरहेकोले अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उल्पादन गरिरहेको हो ।

पोखरीको बहुउपयोगसँगै केन्द्रले ४३ वटा पोखरीमा कमल, मखना, सिंगडा रोपेर आम्दानी बृद्धिको योजना बनाएको छ । त्यसैगरी गत आर्थिक वर्षमा एक लाखको बाख्रापालन गरेको केन्द्रले यस आर्थिक वर्षमा केराखेतीसमेत गर्ने तयारी गरेको प्रमुख यादवले जानकारी दिए ।

स्थानीय सरकार संरक्षण र प्रवर्द्धनको वाहक
मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोजकुमार यादवले स्थानीय सरकार नै संरक्षण र प्रवर्द्धनको सम्वाहक रहेको बताए । उनले आफ्नो कार्यालयमा जनशक्तिको अभाव र ७७ वटै जिल्लामा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउँदै कार्यान्वयनमा स्थानीय सरकारको सहयोग र भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कुलेखानीमा तीन लाखको माछा बिक्री
मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा तीन लाखभन्दा बढीको माछा बिक्री गरेको छ । चालु आव २०८१र८२ मा एक हजार चार सय ३२ किलो माछा उत्पादन गरेर बिक्री बापत रु तीन लाख ३८ हजार दुई सय २१ राजस्व सङ्कलन गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.