भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचामा पुनःसंरचना गरिदै

त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचामा पुनःसंरचना गरिदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचामा पुनःसंरचना गरिने भएको छ । विगतका कार्ययोजना र सोचपत्रबमोजिम पुनःसंरचना गर्न थालिएको हो । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणलाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बताए ।

विश्वविद्यालयमा नीतिगत एकरूपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ ।विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० गते प्रा.डा. बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा.डा.खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.