भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

काठमाडौं पुगेको टर्किस जहाज कसरी भारतकाे दिल्ली ‘डाइभर्ट’ भयाे ?

काठमाडौं पुगेको टर्किस जहाज कसरी भारतकाे दिल्ली ‘डाइभर्ट’ भयाे ?

काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊबाट ‘डाइभर्ट’ हुँदा यात्रुले सास्ती पाएका छन् । १ मे बुधबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने ए ३३० टीके ०७२६ जहाज काठमाडौंको आकासमाथि आइसकेको थियो ।

तर, जहाजमा प्राविधिक समस्या आएको भन्दै दुईचार फन्का घुमाएर चालकदलले लखनऊ डाइभर्ट गरे । अर्को दिन अर्थात् आज लखनऊबाट काठमाडौंका लागि उडेको सोही जहाज पुनः दिल्ली डाइभर्ट भयो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि भारत डाइभर्ट भएको हो ।

यात्रुहरूका अनुसार जहाजमा चालकदलले भने ‘काठमाडौं विमानस्थलमा समस्या आएको’ भन्दै अनाउन्स गरेका थिए । सोही जहाजमा यात्रा गरिरहेका डा अनुप सुवेदीले समेत सामाजिक सन्जाल एक्समार्फत यसबारे जानकारी गराएका छन् ।

डा सुवेदीका अनुसार लखनऊमा ग्राउन्ड स्टाफसँग कुरा गर्दा जहाजको नेभिगेसन प्रणालीमा समस्या आएको पुष्टि भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.