भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडियो

बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडियो

लन्डन । निर्माण क्षेत्रको उत्पादन अपेक्षा गरिएभन्दा धेरैले बढेपछि बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडिएको छ । जनवरीमा बेलायतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) शून्य दशमलव २ प्रतिशतले बढेको हो ।

जनवरी महिनामा बढेको भए पनि जनवरीसम्मको तीन महिनामा भने आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घटेको अनुमान गरिएको छ । एक वर्ष अघिको सोही अवधिको तुलनामा अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको बताइएको छ ।

कोभिडको महामारीबाट शुरुआती पुनःबहालीयता नै बेलायतको अर्थतन्त्र सुस्त रहेको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछि इन्धन आयातको महसुलमा भएको वृद्धि र केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ले ब्याजदरमा गरेको वृद्धिका कारण आर्थिक गतिविधि सुस्ताएको छ ।

बुधवार त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीडीपी बढेको हो । वृद्धिको यो आकार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न भएका अर्थशास्त्रीहरूले बताएकै हाराहारी हो ।

डिसेम्बरमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो । गएको वर्षको उत्तरार्द्धमा बेलायती अर्थतन्त्र मन्दीमा गएको थियो । ओएनएसका अनुसार समीक्षा अवधिमा निर्माण क्षेत्रको उत्पादन १ दशमलव १ प्रतिशतले बढेको थियो ।

 


Thali Mobile Pvt.Ltd.