भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एमाले भक्तपुर सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते

एमाले भक्तपुर सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन आउँदो मंसिर १ गते हुने भएको छ । कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । सूर्यविनायक नगरपालिका वडा नं ९ नङ्खेलस्थित सेराटन पार्टी प्यालेसमा हुने अधिवेशन भव्य र सव्यतरीकामा सम्पन्न हुने सूर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले बताए । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतले सम्बोधन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई ‘आउटडेटेड’ हुन नदिइ ‘अपडेटेड’ राखिरहन यस्ता अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने र यसको आवश्यकता परिरहने बताए । विभिन्न तहका अधिवेशनहरु देशैभर भइरहेको र सदस्यता नविकरणको कार्यलाई तीब्रता दिएको उनले बताए । नयाँ सदस्यता विस्तार र अरु पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यहरु पनि तीब्र रुपमा भइरहेको जानकारी दिए । भक्तपुरको दुवै क्षेत्रमा एमालेले निर्वाचनमा हार बेहोर्नुपरेको भएतापनि जनतामा राम्रो छवि बनाइरहेको उनले बताए ।

आगामी दिनमा यस्तै प्रदर्शनी गर्दै गएमा भक्तपुर जिल्लाका भक्तपुर नगरपालिकाबाहेक अन्य ३ स्थानीय तहमा आफ्नो पार्टीका प्रतिनिधिले जित्ने उनले दाबी गरे । नेकपा एमाले हाल साइबर र एआईको युगमा पनि आफूलाई अपडेट गरिरहन रफल भएको र आगामी दिनहरुमा पनि समय अनुसार अवश्यक पर्ने कदमहरु अवलम्बन गर्दै अघि बढ्ने बस्नेतले बताए । एमालेले मंसिर ७ गते काठमाडौंको भृकुटीमण्डपमा वृहत् जनप्रदर्शन कार्यक्रम आयोजना गरेर एमालेको शक्ति प्रदर्शन गरिने बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.