भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

एमाले भक्तपुर सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते

एमाले भक्तपुर सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन आउँदो मंसिर १ गते हुने भएको छ । कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । सूर्यविनायक नगरपालिका वडा नं ९ नङ्खेलस्थित सेराटन पार्टी प्यालेसमा हुने अधिवेशन भव्य र सव्यतरीकामा सम्पन्न हुने सूर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले बताए । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतले सम्बोधन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई ‘आउटडेटेड’ हुन नदिइ ‘अपडेटेड’ राखिरहन यस्ता अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने र यसको आवश्यकता परिरहने बताए । विभिन्न तहका अधिवेशनहरु देशैभर भइरहेको र सदस्यता नविकरणको कार्यलाई तीब्रता दिएको उनले बताए । नयाँ सदस्यता विस्तार र अरु पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यहरु पनि तीब्र रुपमा भइरहेको जानकारी दिए । भक्तपुरको दुवै क्षेत्रमा एमालेले निर्वाचनमा हार बेहोर्नुपरेको भएतापनि जनतामा राम्रो छवि बनाइरहेको उनले बताए ।

आगामी दिनमा यस्तै प्रदर्शनी गर्दै गएमा भक्तपुर जिल्लाका भक्तपुर नगरपालिकाबाहेक अन्य ३ स्थानीय तहमा आफ्नो पार्टीका प्रतिनिधिले जित्ने उनले दाबी गरे । नेकपा एमाले हाल साइबर र एआईको युगमा पनि आफूलाई अपडेट गरिरहन रफल भएको र आगामी दिनहरुमा पनि समय अनुसार अवश्यक पर्ने कदमहरु अवलम्बन गर्दै अघि बढ्ने बस्नेतले बताए । एमालेले मंसिर ७ गते काठमाडौंको भृकुटीमण्डपमा वृहत् जनप्रदर्शन कार्यक्रम आयोजना गरेर एमालेको शक्ति प्रदर्शन गरिने बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.