भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

शक्ति प्रदर्शन गर्दै एमाले, ३ स्थानमा प्रदर्शन, सएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन

शक्ति प्रदर्शन गर्दै एमाले, ३ स्थानमा प्रदर्शन, सएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो । विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् ।

जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। सभालाई प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रेको हो ।

यसैबीच काठमाडौँका ३ ठाउँमा प्रदर्शनको आयोजना गरिएको छ । एमालेले दरबारमार्गमा जागरण सभा, माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन् । प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताए । कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले गर्ने भएका छन् । घिमिरेले भने, ‘काठमाडौँको एसएसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।’ तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ । सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ ।

उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । यसअघि आफूखुसी हिँड्दा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि बालकुमारीमा आक्रमण प्रयास भएको थियो । प्रदर्शनकारीले ज्वाला चढेको गाडी जलाएपछि गोली चलाउँदा मानवीय क्षति भएको थियो । त्यस्तो घटना हुन नदिन प्रदर्शन आसपासको क्षेत्रमा जान उच्च पदस्थहरुलाई कडाइ गरिएको प्रहरी अधिकृत बताउँछन् ।

 

 


Thali Mobile Pvt.Ltd.