भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अपमानित भएपछि ४६ जनाले एमाले परित्याग गरे

अपमानित भएपछि ४६ जनाले एमाले परित्याग गरे

काठमाडौं । एमालेका पार्टी सचिव समेत रहेका लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिका–२ मा ४६ जना संगठित सदस्यले एमाले परित्याग गरेका छन् । नगर कमिटी सदस्यसहितका कार्यकर्ताले पार्टीभित्र पटकपटक अपमानित हुनुपरेको, गुटबन्दीले पार्टी गतिविधिमा अवरोध पुर्‍याएको र पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

यस्तो छ राजीनामा पत्रमा लेखिएको , “तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनपछि पनि हामी एमालेमै बसेका थियौं। तर, एमालेभित्र माओवादी पृष्ठभूमिका कार्यकर्तालाई बारम्बार अपमानित गरिनुका साथै महासचिव शंकर पोखरेललगायत नेताहरूले जनयुद्धका उपलब्धिहरूमाथि निरन्तर प्रहार गरेपछि यहाँ बसिरहन असहज भयो।”

माओवादीले ल्याएको जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, र समावेशिता स्थापना भएको स्मरण गराउँदै एमाले नेतृत्वको पछिल्लो व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए।

बलायरले एमाले उम्मेदवार लेखराज भट्टलाई ३,५८४ मतान्तरले पराजित गरेका थिए। भट्ट पूर्व माओवादी नेता हुन्, जो नेकपा विभाजनपछि एमालेमा बसेका थिए। विशेषगरी गोदावरी नगरपालिकामा एमालेभित्रको गुटबन्दी र असन्तुष्टिले पार्टी संगठनमा असर पुर्‍याउने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.