भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अपमानित भएपछि ४६ जनाले एमाले परित्याग गरे

अपमानित भएपछि ४६ जनाले एमाले परित्याग गरे

काठमाडौं । एमालेका पार्टी सचिव समेत रहेका लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिका–२ मा ४६ जना संगठित सदस्यले एमाले परित्याग गरेका छन् । नगर कमिटी सदस्यसहितका कार्यकर्ताले पार्टीभित्र पटकपटक अपमानित हुनुपरेको, गुटबन्दीले पार्टी गतिविधिमा अवरोध पुर्‍याएको र पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

यस्तो छ राजीनामा पत्रमा लेखिएको , “तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनपछि पनि हामी एमालेमै बसेका थियौं। तर, एमालेभित्र माओवादी पृष्ठभूमिका कार्यकर्तालाई बारम्बार अपमानित गरिनुका साथै महासचिव शंकर पोखरेललगायत नेताहरूले जनयुद्धका उपलब्धिहरूमाथि निरन्तर प्रहार गरेपछि यहाँ बसिरहन असहज भयो।”

माओवादीले ल्याएको जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, र समावेशिता स्थापना भएको स्मरण गराउँदै एमाले नेतृत्वको पछिल्लो व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए।

बलायरले एमाले उम्मेदवार लेखराज भट्टलाई ३,५८४ मतान्तरले पराजित गरेका थिए। भट्ट पूर्व माओवादी नेता हुन्, जो नेकपा विभाजनपछि एमालेमा बसेका थिए। विशेषगरी गोदावरी नगरपालिकामा एमालेभित्रको गुटबन्दी र असन्तुष्टिले पार्टी संगठनमा असर पुर्‍याउने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.