भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आव्हान

मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आव्हान

काठमाडौं । मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् ।

बैठकमा जग्गा दान प्रकरण र राजनीतिक परिस्थितिका विषयमा छलफल हुने प्रचार तथा प्रसार विभागले जनाएको छ । असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो । सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

लगत्तै, व्यापारी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो । त्यसयता, एमालेको उक्त कदमको चौतर्फि चर्को आलोचना भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.