भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आव्हान

मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आव्हान

काठमाडौं । मीनबहादुर जग्गा दान प्रकरणको बिषयले चौतर्फि आलोचना भएपछि एमाले सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् ।

बैठकमा जग्गा दान प्रकरण र राजनीतिक परिस्थितिका विषयमा छलफल हुने प्रचार तथा प्रसार विभागले जनाएको छ । असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो । सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

लगत्तै, व्यापारी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो । त्यसयता, एमालेको उक्त कदमको चौतर्फि चर्को आलोचना भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.