भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नीजिक्षेत्रको समन्वयमा मात्रै देशलाई आर्थिक समृद्दिको बाटोमा डो¥याउन सकिनेः उवासंघ भक्तपुर

नीजिक्षेत्रको समन्वयमा मात्रै देशलाई आर्थिक समृद्दिको बाटोमा डो¥याउन सकिनेः उवासंघ भक्तपुर

भक्तपुर । सरकार र नीजिक्षेत्रको समन्वयमा मात्रै देशलाई आर्थिक समृदिको बाटोमा डो¥याउन सकिने उद्योगी व्यवसायीले बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको आज सम्पन्न ३७ औं वार्षिक साधारणसभाको व्यवसायिले यस्तो बताएका हुन् । साधारण सभाको उद्घाटन गर्नुहुदै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सघीय सांसद प्रेम सुवालले कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने र व्यवसायीले कृषिमानै लगानी बढाउनु पर्ने धारणा राखे ।

कृषि प्रधान देशमा चामल नै भारतमा निर्भर पर्नु अत्यन्त गम्भीर र चिन्ताको विषय भएको उनको जिकिर छ । यस्तै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जाले आर्थिक विकासको प्रमुख आधारमध्येको एक कृषिको व्यवसायिक विकासमा जोड दिइन । कृषियोग्य जमिनहरुको संरक्षणमा पनि नीजि क्षेत्रको ध्यान जानु पर्ने धारणा राखिन । कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ,

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षशिवप्रसाद मानन्धर, पूर्व अध्यक्ष एवं सल्लाहकार कष्णप्रसाद ताम्राकारलगायतले मुलुकको आर्थिक उन्नतिका लागि उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिनु पर्ने धारणा राखे । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिएको थियो ।

जनकदेवी राजभण्डारी छात्रवृत्ति कोषबाट यसवर्ष शान्ति निकेतन मावि, भीम आदर्श आधारभूत विद्यालय, गणेश माध्यमिक विद्यालय, सरस्वती मावि, पद्य माविका गरी ९ जना छात्र छात्रालाई छात्रवृद्धि प्रदान गरिएको हो । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई पनि सम्मान गरिएको थियो । साथै कला, संस्कृतिको विकासमा योगदान पु¥याएको भन्दै यसवर्ष भक्तपुर नगरपालिका वडा नं १, गणेश दाफा भजनका नाइकेलाई सम्मान गरिएको थियो ।

खेलकुद क्षेत्रको विकासको लागि अध्यक्ष रोशनीमैयाँ धौबन्जाबाट स्थापना भएको खेलकुद विकास कोषबाट पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र शारीरिक सुगठनका , सनम मुलगुठीलाई सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.