भर्खरै : Sorry, your browser does not support inline SVG.

श्वेत भैरब बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्नः किसानको हितमा काम गर्न बिजुक्छेंको अनुरोध

श्वेत भैरब बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्नः किसानको हितमा काम गर्न बिजुक्छेंको अनुरोध

भक्तपुर । श्वेत भैरब बचत तथा ऋण सहकारी संस्थाको १६ र्औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सहकारीले श्रृण दिने, तालिम दिने, कृषिमा देखिएका समस्याहरु समाधान गर्न पहल गनुपर्ने धारणा राख्नु भयो ।

भक्तपुरको सन्दर्भमा सहकारीहरुले राम्रो काम गरेको तर्क गर्दै सहकारीले पैसाको मात्रै कारोबार गर्न नहुने बताए । केही सहकारीहरुले जनतालाई लुटेको कुरा अवगत गराउँदै कृषिप्रधान देशमा कृषि सहकारीको बिशेष महत्व हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजू, समाजसेवी लक्ष्मीनारायण दुवाललगायतले बोल्नु भएको थियो । साधारण सभामा विभिन्न साँगितिक प्रस्तुती गरिएको थियो । साधारणसभामा सहकारीमा आवद्ध दुई हजारवढी सदस्यहरुको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.