भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खुल्यो बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला

खुल्यो बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला

काठमाण्डौ । माघ १ गतेदेखि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुलेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै लगाएको ताला खुलेको हो ।

वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका डाक्टर र कर्मचारीहरुले एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिहान र दिउँसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएका छन् । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

उच्च अदालत विराटनगरको आदेशपछि सचिवालयका कर्मचारीलाई खटाएर ताला मेयर हर्क साम्पाङले खोलेको जनाएका छन् । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हडताल कायमै छ ।

 


Thali Mobile Pvt.Ltd.