भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिओलका प्रहरी प्रमुखविरुद्ध लापरबाहीको मुद्दा दर्ता

सिओलका प्रहरी प्रमुखविरुद्ध लापरबाहीको मुद्दा दर्ता

एजेन्सी । दक्षिण कोरियामा सिओलका प्रहरी प्रमुखविरुद्ध लापरबाहीको मुद्दा दर्ता भएको छ। दक्षिण कोरियामा हलोविन घटनामा भएको एक वर्षपछि मुद्दा दर्ता भएको हो । राजधानीमा ठूलो मानवीय हताहतीको घटना सन् २०२२ को अक्टोबर २९ मा राजधानी सिओलस्थित इटावेनमा भएको थियो । उक्त भागदौडमा १ सय ५९ जनाको मृत्यु भएको थियो।

अधिकारीहरुका अनुसार हलोविनका दिन प्रहरी प्रमुख किम ड्युटीमा थिएनन्। जिम्मेवारी निर्वाह नगरेका कारण घटना भएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो। एक लाखभन्दा बढी मानिसको भीड रहेको ठाउँमा सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै प्रहरी प्रमुख किम क्वाङ हो विरुद्ध मुद्दा दर्ता गरिएको हो।  मुद्दा दर्तापछि पीडित परिवारले तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन किमलाई आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.