भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

भिलेज हाइल्याण्ड रिसोर्टः भक्तपुरको टपमा बसेको स्वर्ग

भिलेज हाइल्याण्ड रिसोर्टः भक्तपुरको टपमा बसेको स्वर्ग

भक्तपुर । राजधानी काठमाडौंको नजिकै रहेको भिलेज हाइल्याण्ड रिसोर्ट पर्यटकहरूको प्रिय गन्तव्यको रूपमा रहेको छ । प्रकृतिको काखमा बस्न, शुद्ध हावामा श्वास लिन, र हिमशृङ्खलाको दर्शन गर्न चाहने हरेकका लागि यो रिसोर्ट उत्तम विकल्प बन्दै गएको छ।

प्रकृतिको सानो टुक्रा, शान्तिको ठूलो अनुभूति

सूर्यविनायक नगरपालिका वडा नं ८ मा अवस्थित भिले हाइल्याण्ड रिसोर्ट, रमणीय पहाडी भू–भागमा निर्माण गरिएको छ । यहाँबाट हिमालयका थुप्रै श्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। हरियालीले ढाकिएको वरपरको वातावरण, चराहरूको चिरबिर, र शुद्ध वातावरणले मन र मस्तिष्क दुवैलाई विश्राम दिन्छ।

नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

रिसोर्टको मुख्य आकर्षण
सहज हाइकिङ र ट्रेल
आरामदायक नरम बेड र सुसज्जित कोठा
आत्मीय पाहुना सत्कार
हिमालय दर्शन गर्ने उपयुक्त स्थान
स्वादिलो नेपाली परिकार र स्थानीय अनुभव

सञ्चालक रामसुन्दर बकेको भनाइ

रिसोर्टका सञ्चालक तथा “जे पाक्छ, त्यही विक्छ” अभियानका अभियन्ता रामसुन्दर बके भन्छन्ः “हामीले यो रिसोर्ट स्तरिय, सुन्दर र सहज बनाउने लक्ष्यसहित सञ्चालन गरेका हौं। यहाँ आउने पाहुनाले प्रकृतिसँग नजिकको आत्मीय सम्बन्ध अनुभव गर्न पाउँछन्। हामी बसाइ मात्र होइन, प्रतिसंगको सुन्दर अनुभूति बेच्ने प्रयत्न गर्छौं।”

बकेले थपे, “शहरको कोलाहलबाट थकित मानिसका लागि यो स्थान आत्मिक विश्रान्तिको केन्द्र हो। यहाँ एक पटक आउने जो–कोही दोहोरिन्छन् भन्ने हाम्रो अनुभव छ।”

सहज पहुँच, शान्त वातावरण
अरनिको राजमार्ग अन्तरगत सूविनायक चोकदेखि जम्मा ७ किलोमिटर माथि अवस्थित यो रिसोर्ट सजिलै सवारीसाधनबाट पुग्न सकिन्छ। बिहानको सुर्योदयदेखि बेलुकाको सुर्यास्तदेखिसम्म छिन–छिनमा परिर्वतन हुने मौसम अनि दृश्यले अध्यात्मिक अनुभूति दिन्छ ।भिलेज हाइल्याण्ड रिसोर्टः भक्तपुरको काखमा बसेको स्वर्ग

भिलेज हाइल्याण्ड रिसोर्ट केवल रिसोर्ट मात्रै होइन, विश्राम, सौन्दर्य र आत्मिक शान्तिको केन्द्र पनि हो। राजधानी नजिकैको कहिल्यै बिर्सन नहुने सुन्दर पर्यटकीय गन्तव्य मध्यको एक हो ।

 


Thali Mobile Pvt.Ltd.