भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली संकलनमा उत्साह बढ्दै

प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली संकलनमा उत्साह बढ्दै

मुख्य बुँदा

मतदाता नामावली संकलन र अद्यावधिकमा उत्साह बढ्यो

असोज ९ देखि नामावली संकलन सुरु, १ लाखभन्दा बढी नयाँ मतदाता थप

फागुन २१ को चुनावमा भोट दिन १८ वर्ष उमेर पूरा हुनुपर्ने

प्रि–रजिष्ट्रेसन अनलाइन माध्यमबाट पनि सम्भव

ठेगाना फरक भए बसाइँसराइ वा विवाह प्रमाणपत्र आवश्यक

काठमाण्डौ, २० कार्तिक । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको छ।

दशैँ, तिहार र छठका कारण केही समय उत्साह कम देखिएको भए पनि, पछिल्ला केही दिनयता नामावली संकलनमा उत्साह बढ्न थालेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सातवटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नामावली संकलन तथा अद्यावधिक भइरहेको छ। आयोगले असोज ९ गतेदेखि नामावली संकलन सुरु गरेकोमा अहिलेसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

आयोगका अनुसार, यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ। १६ वर्ष उमेर पुगेका नागरिकहरूले नाम दर्ता गर्न सक्ने भए पनि फागुन २१ गतेको चुनावमा भोट दिन १८ वर्ष पूरा भएको हुनुपर्नेछ।

नाम दर्ता गर्न इच्छुकले सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नागरिकताको प्रमाणपत्रका साथ उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्नेछ। यसरी विवरण दिन समय लिनका लागि पूर्वदर्ता (प्रि–रजिष्ट्रेसन) अनलाइन माध्यमबाट पनि गर्न सकिन्छ।

यदि नागरिकको बसोबास नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानासँग फरक छ भने, बसाइँसराइ प्रमाणपत्र वा विवाह प्रमाणपत्र पेश गरी नाम दर्ता गर्न सकिन्छ।

 


Thali Mobile Pvt.Ltd.