भर्खरै : Sorry, your browser does not support inline SVG.
सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा |

सरकारको हरियाली अभियान सुरु, २० वर्षमा ६० करोड बिरुवा रोपिने

सरकारको हरियाली अभियान सुरु, २० वर्षमा ६० करोड बिरुवा रोपिने

काठमाडौँ, १४ असार । सरकारले आजदेखि “सगरमाथा वृक्षरोपण महाअभियान” नामक २० वर्षे वृक्षरोपण कार्यक्रमको सुरुआत गरेको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर सुरु गरिएको उक्त अभियान सन् २०४५ (वि.सं. २१०२) सम्म निरन्तर सञ्चालन हुनेछ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीका अनुसार महाअभियानअन्तर्गत प्रत्येक वर्ष तीन करोड बिरुवा रोपिनेछ, जसअनुसार २० वर्षमा कूल ६० करोड बिरुवा रोपिने लक्ष्य राखिएको छ।अभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा गरिएको छ।

मन्त्री शाहीले जानकारी दिएअनुसार, महाअभियानका क्रममा ‘एक व्यक्ति, एक बिरुवा’ को सिद्धान्त लागू गरिनेछ। विशेषगरी स्थानीय प्रजातिका, परम्परागत, फलफूलजन्य तथा वातावरणमैत्री बिरुवा रोपिनेछन्। रोपिएका बिरुवामा नागरिकको स्वामित्व र संरक्षणको व्यवस्था सुनिश्चित गरिनेछ, जसले दीर्घकालीन वातावरणीय लाभ सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। असार १४ देखि साउन १५ सम्मको एक महिना वृक्षरोपणको लागि विशेष समय तय गरिएको छ।

सरकारले यस अभियानमार्फत जैविक विविधता संरक्षण, हिमाल संरक्षण र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याउने नीति अघि सारेको छ। हाल नेपालको करिब ४५ प्रतिशत भू-भाग वनले ढाकेको सरकारी तथ्याङ्कमा उल्लेख छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहकार्यमा अभियान सञ्चालन हुनेछ।

साथै, सम्बन्धित जिल्लाका वन कार्यालय अन्तर्गत रहेका नर्सरीहरूबाट निःशुल्क बिरुवा वितरण गरिने व्यवस्था मिलाइएको छ। यस अभियानको आधार गत जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न ‘सगरमाथा संवाद’ सम्मेलनमा भएको निर्णय अनुसार तय गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.