भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सोमबार साँझदेखि फेरि वर्षाको सम्भावना

सोमबार साँझदेखि फेरि वर्षाको सम्भावना

काठमाडौं । गएको शुक्रबार यता कम भएको वर्षा अब फेरि बढ्न लागेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् ।

देशका धेरै स्थानमा सोमबार (भोलि)साँझदेखि वर्षामा वृद्धि हुने सम्भावना छ । आउँदो मंगलबार रातिसम्मै वर्षाको क्रम बढ्ने देखिएको उनले बताए । “केही दिनयता सुक्खाजस्तो भएको छ । वर्षा नै नभएको होइन, मध्यमदेखि भारीसम्म पनि वर्षा भएको छ,” उनले भने, “ सोमबार साँझबाट भने वर्षाको गतिविधि बढ्नेछ ।”

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.