भर्खरै : Sorry, your browser does not support inline SVG.

पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना

काठमाडौं, १७ जेठ । देशका विभिन्न भागमा आज पनि वर्षा हुने तथा तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली, वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारी लिँदै सुरक्षित रहन पनि अनुरोध गरिएको छ।

पछिल्ला केही दिनदेखि देशका धेरैजसो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आज बेलुकादेखि वर्षाको क्रम केही कम हुने भए पनि केही स्थानमा छिटपुटदेखि मध्यम वर्षा भने जारी रहने सम्भावना छ।

 


Thali Mobile Pvt.Ltd.