भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा

अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा

एजेन्सी । अमेरिका, बेलायत र अष्ट्रेलियाले आफ्नो सैन्य गठबन्धन ‘ओकस’ (AUKUS) अन्तर्गत समुद्रमुनि सञ्चालन हुने पानीमुनि ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्।

सिंगापुरमा सम्पन्न सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो योजना सार्वजनिक गरेका हुन्। परियोजनाअन्तर्गत मानवरहित पनडुब्बी (अनक्रुड अन्डरसी भेहिकल – UUV) प्रविधि विकास गरिनेछ, जसलाई अर्को वर्षभित्र प्रारम्भिक रूपमा तयार गर्ने लक्ष्य राखिएको छ।

परियोजनाको कुल लागत सार्वजनिक नगरिए पनि बेलायतका रक्षामन्त्री जोन हेलीले आफ्नो देशले यस परियोजनामा १५ करोड पाउन्ड योगदान गर्ने बताउनुभएको छ।

सन् २०२१ मा सुरु भएको ओकस रक्षा सम्झौताले तीन देशबीच आणविक पनडुब्बी विकास र सैन्य प्रविधि साझेदारीलाई अघि बढाउने सहमति गरेको थियो। नयाँ परियोजनाले त्यसै सहकार्यलाई विस्तार गर्दै समुद्री सुरक्षा क्षमतामा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।

संयुक्त विज्ञप्तिअनुसार नयाँ पानीमुनि ड्रोनहरूले समुद्री पूर्वाधारको निगरानी, सुरक्षा, आक्रमण क्षमता र बन्दोबस्ती सामग्री ओसारपसारजस्ता कार्य गर्न सक्नेछन्। विश्लेषकहरूका अनुसार यो कदम इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो समुद्री उपस्थितिलाई ध्यानमा राख्दै रणनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.