भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा हुस्सु

पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा हुस्सु

काठमाण्डौ । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा हुस्सु लागेको हो । सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने अनुमान छ ।

विहिबार बिहान तराई तथा काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको छ । महाशाखाले हुस्सु, कुहिरो र चिसोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विशेषगरी अहिले गण्डकी प्रदेशको पहाडी क्षेत्रमा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । पहाडी कतिपय क्षेत्रमा कुहिरो लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.