भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा, १५ जनाको मृत्यु

ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा, १५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अमेरिकी शहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा उक्त घटना हुँदा १५ जनाको मृत्यु र ३५ जना घाइते भएका हुन ।

आक्रमणकारी ट्रक चालक ४२ वर्षीय अमेरिकी नागरिक समसुद–दिन जब्बार रहेको खुलेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रक चालक जब्बार आतंकवादी समूह आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।

अर्लिन्स क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो लागेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएको थियो। भीडलाई ठक्कर दिएपछि ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटेल ‘ट्रम्प’मा रोकिराखेको धनाड्य व्यवसायी एलन मस्कको साइबर ट्रक विस्फोट भएको छ विस्फोटमा चालकको मृत्यु भएको छ । ट्रम्प होटेलमा साइबर ट्रक विस्फोटबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

बाइडेनले पत्रकार सम्मेलन गरी आक्रमणकारीबारे जानकारी गराएका थिए। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार ती व्यक्तिले ट्रक भिडमा कुदाउनुअघि सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गरेको पाइएको छ। जुन सन्देशले आफू हत्या गर्न हिँडेको संकेत गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.