भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा, १५ जनाको मृत्यु

ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा, १५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अमेरिकी शहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा उक्त घटना हुँदा १५ जनाको मृत्यु र ३५ जना घाइते भएका हुन ।

आक्रमणकारी ट्रक चालक ४२ वर्षीय अमेरिकी नागरिक समसुद–दिन जब्बार रहेको खुलेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रक चालक जब्बार आतंकवादी समूह आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।

अर्लिन्स क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो लागेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएको थियो। भीडलाई ठक्कर दिएपछि ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटेल ‘ट्रम्प’मा रोकिराखेको धनाड्य व्यवसायी एलन मस्कको साइबर ट्रक विस्फोट भएको छ विस्फोटमा चालकको मृत्यु भएको छ । ट्रम्प होटेलमा साइबर ट्रक विस्फोटबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

बाइडेनले पत्रकार सम्मेलन गरी आक्रमणकारीबारे जानकारी गराएका थिए। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार ती व्यक्तिले ट्रक भिडमा कुदाउनुअघि सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गरेको पाइएको छ। जुन सन्देशले आफू हत्या गर्न हिँडेको संकेत गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.