भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कहाँ गए यस गाउँका मानिस ?

कहाँ गए यस गाउँका मानिस ?

काठमाडौं । धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइएका छन् । जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए । रिक्त घरहरू मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता बताउँछन् ।

कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बसोबास योग्य भइकन पनि मानिसहरू नबसिरहेका घरहरू भएको बताए ।

पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको एक जना योजनाविद् प्राध्यापक पीताम्बर शर्माले बताए । आर्थिक भविष्य ठूलो सङ्कटमा रहेको उनको टिप्पणी छ ।

जनगणनाका बेला गणकहरू घर घर पुग्दा यहाँ मानिस र बस्तुभाउ नभएका घरलाई रिक्त घर मानिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरू बताउँछन् । मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङले पहाडी तथा हिमाली भेगमा मौसमी अवस्थाका कारण कतै कतै एकभन्दा धेरै घरसमेत हुने भए पनि लाखौँको सङ्ख्यामा घरहरू रित्तो हुनु सुखद नभएको बताउँछन्।।ू

 


Thali Mobile Pvt.Ltd.