भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउन विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान

गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउन विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान

एजेन्सी । विश्वमै पहिलो पटक गैंडामा कृत्रिम गर्भाधान गरिएको छ । अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा कृतिम गर्भाधान गरिएको हो । वैज्ञानिकहरूले प्रयोगशालामा बनाएका भ्रुणलाई पोथी गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेका खबरमा उल्लेख छ ।

यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् । उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा गैँडामा कृत्रिम गर्भाधान गराएका बीबीसीले जनाएको छ ।

पृथ्वीमा बचेका दुई मात्रै सेतो गैँडालाई जोगाउन वैज्ञानिकहरूले कठिन सङ्घर्ष गर्नु परिरहेको छ । यो प्रजाति एक समय मध्यअफ्रिकामा पाइन्थ्यो । तर गैँडाको अवैध सिकार हुँदा लोप हुने अवस्थामा पुगेको छ । बाँकी रहेका दुई वटै गैँडालाई अहिले अफ्रिकामा रहेको प्राकृतिक संरक्षण केन्द्र ओल पेजेटा नेचर रिजर्भमा कडा सुरक्षा दिएर राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.