भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना

लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिखित परीक्षाका लागि सूचना निकालेको छ। आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना निकालेको हो।

प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ। त्यसपछि अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ।

परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो।

 


Thali Mobile Pvt.Ltd.