भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना

लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिखित परीक्षाका लागि सूचना निकालेको छ। आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि विज्ञापन गरेको तीन वर्षपछि सूचना निकालेको हो।

प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ। त्यसपछि अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ।

परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो।

 


Thali Mobile Pvt.Ltd.