भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षा र बाढीका कारण क्यानडाको धेरै उडान रद्द

वर्षा र बाढीका कारण क्यानडाको धेरै उडान रद्द

एजेन्सी । क्यानडाको टोरन्टो शहर डुबानमा परेको छ । अत्यधिक वर्षापछि आएको बाढीका कारण डुवानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । टोरन्टो हाइड्रोकाअनुसार आँधीले १ लाख ६७ हजारभन्दा धेरैलाई बिजुलीबिहीन बनाएको छ ।

क्यानडाको मौसमी रिपोर्टअनुसार टोरन्टोमा सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । हिजो त्यहाँ १ सय मिलिमिटर वर्षा मापन भएको बीबीसीले जनाएको छ ।

तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

टोरन्टोमा भएका खोला तथा नदीमा पानीको बहाव बढेकोले अझै धेरै डुबानमा फसेकाको उद्धार गर्न बाँकी रहेको त्यहाँँको मौसम विभागले जनाएको छ ।

वर्षाका कारण शहरमा ठूलो बाढी पसेको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द भएका छन् भने केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.