भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

पहिलो पटक बीआरआईबारे मोदीको चाँसो, राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच रुसमा भेटवार्ता,

पहिलो पटक बीआरआईबारे मोदीको चाँसो, राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच रुसमा भेटवार्ता,

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भएका छन् । रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच हुन लागेको बैठकमा भारतले चाँसोकासाथ बीआरआइलाई हेरेको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले भने, “ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबिच द्विपक्षीय बैठक हुनेछ । उक्त बैठकमा बीआरआई बारे पनि कुरा हुने छ ।” सन् २०१९ को अक्टोबरमा सीले भारतीय सहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देशका नेताबीच अन्तिम पटक आमनेसामने औपचारिक वार्ता भएको थियो ।

वार्ताको केही महिनापछि, सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देशबीच भएको झडपपछि उनीहरुको सम्बन्ध चिसिएको थियो । जसमा कम्तिमा २० भारतीय सैनिक मारिएका थिए । चीन र भारतले एकअर्कालाई ’लाइन अफ एक्चुयल कन्ट्रोल’ भनेर चिनिने आफ्नो अनौपचारिक विभाजनको क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउदै आएको छ ।

मोदी र सीले सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० नेताहरूको बैठक र सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा छोटो भेटवार्ता गरेका थिए । तथापि, भारतले लद्दाख सीमामा द्वन्द्वपूर्वको यथास्थिति पुनर्स्थापित नगरेसम्म सम्बन्धमा चिसोपन भइरहने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.