भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरुमा हुनुपर्छः मेयर सुनिल प्रजापति

आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरुमा हुनुपर्छः मेयर सुनिल प्रजापति

भक्तपुर । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरुमा हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने ४ महिने चिनियाँ भाषा र जापानी भाषा प्रशिक्षणका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सोमबार भनपा सभाकक्षमा उहाँले भाषा देश चिन्ने र विचार आदानप्रदान गर्ने माध्यम भएको बताउँनु भएको हो ।

नयाँ पुस्तालाई योग्य र सक्षम बनाउने उद्देश्यका साथ भक्तपुर नपाले विभिन्न विषय अध्ययन अध्यापन हुने शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक र भौतिक सहयोग पनि गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन उद्देश्यका साथ काम गर्दै आएको बताउँदै उहाँले जुनसुकै क्षेत्रमा काम गरे पनि युवा विद्यार्थीले आफ्नो योग्यताअनुसार क्षमता प्रदर्शन गर्न प्रेरित गर्नुभयो । भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विदेशी भाषा तालिम र विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै नगरबासीहरुको अभिभावकीय दायित्व पूरा गर्दै आएको बताउनुभयो ।

उहाँले नपाबाट सञ्चालित विविध गतिविधिमा युवा, महिला र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहँदै आएको बताउँदै भक्तपुरलाई आत्मनिर्भर बनाउने सोचका साथ भक्तपुरले आफ्नो विकास कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो । कार्यक्रममा चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवाल र जापानी भाषा प्रशिक्षक सीताराम सिबन्जारले भाषा अध्ययनको महत्वबारे प्रष्ट पार्दै अन्तर्राष्ट्रिय भाषा दुई देशबीचको सभ्यता र संस्कृति आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

उक्त कार्यक्रममा चिनियाँ भाषा तालिमका संयोजक दीपेन्द्र प्रजापतिले चिनियाँ भाषा र जापानी भाषा पहिलो तह (आधारभूत) को तालिम २०८१ चैत्र १० गते आइतबारदेखि साँझ ५ः३० देखि ७ बजेसम्म भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.