भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली र बोजिनी रिसोर्टमा जाने होइन त ?

नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली र बोजिनी रिसोर्टमा जाने होइन त ?

भक्तपुर । नयाँ वर्षमा कता जाने सोचमा हुनुहुन्छ ? यस वर्ष राजधानी नजिकैको पर्यटकीय गन्तव्य चरेली र बोजिनी ड्याम जाने की ? राजधानीबाट नजिकैको नयाँ पर्यटकीय गन्तव्य हो चरेली अनि बोजिनी ड्याम । यहाँ पर्यटकहरुलाई मनै लोभ्याउने महत्वपूर्ण प्राकृतिक स्थलहरु रहेका छन् ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?

बोजिनी रिसोर्ट

यहाँ खान बस्नका लागि बोजिनी रिसोर्ट रहेको छ । बोजिनी रिसोर्टबाट नगरकोट टावरसम्म हाइकिङ जान सकिन्छ । वरिपरि जंगलको बिचभागमा अवस्थित यो रिसोर्टबाट काठमाडौं उपत्यका लगायत काभ्रे जिल्लाका विभिन्न स्थानहरु अवलोक गर्न सकिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न बास बस्ने कोठाहरुलगायत प्रत्यक कोठाको बालकोनीबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?

रिसोर्टसंगै आकर्षक बोजिनी ड्याम रहेको छ जहाँ साझ विहान टहल्दा मनै आनन्दीत हुने गर्दछ । यो कलमसीमा रहेको र यहाँ जान यायातको समेत राम्रो सुविधा रहेको छ । भक्तपुरको कमलविनायकबाट चरेली जानेबाटोबाट जान सकिन्छ ।

चरेली रिसोर्ट
नयाँ वर्ष नयाँ पर्यटकीय गन्तव्य चरेली साच्चै प्रकृतिको काखमै बसेको अनुभूति दिने ठाउँ हो । यहाँ रहेको चरेली रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्य र काभ्रेका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?
खान र बस्नका लागि उत्कृष्ट रहेको यो रिसोर्टमा ढकमक्क फुलेको लालीगुराँसले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याइरहेको छ । यहाँ लोकल कुखुरा, स्थानीय उत्पादनमा तयारपारिएका खानाका परिकारहरु खान पाइनुका साथै बस्नलाई बासको समेत राम्रो बन्दोबस्त रहेको छ ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?
प्रेम दरबार रिसोर्ट चथा नगरकोट जीपलाइन

पछिल्लो समय पर्यटकहरुको रोजाइमा परेको चरेली क्षेत्रमा स्थापना गरिएको नगरकोट जीपलाइन यस क्षेत्रका परिचय बनेको छ । नगरको जीपलाइन र प्रेमदरबार रिसोर्ट संयुक्त रुपमा सञ्चालन भइरहेका छन् । यहाँबाट २२ सय ५० मिटर लामो एसियाकै दोस्रो लामो जीपलाइन गर्न सकिन्छ ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?

सुन्दर प्राकृतिक जंगलको बीचमा रहेको रिसोर्ट जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सफल भएको छ । बस्न, खान, विभिन्न कार्यक्रमहरुको आयोजना गर्न, सेमिनार बनभोजका लागि समेत यो स्थान उपयुक्त रहेको छ । नयाँ वर्षको उपलक्ष्यमा यो स्थान पनि तपाइका लागि घुम्न जाने उत्कृष्ट स्थानमा पर्न सक्छ, तपाईले रोजेको स्थान बन्नसक्छ ।नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली रे बोजिनी रिसोर्टमा जाने होइन त ?

 


Thali Mobile Pvt.Ltd.