भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । १५ वर्षअघि भएको हत्या आरोपमा उनीहरूलाई पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्की रहेका छन् ।

उनीहरुलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

उनिहरु विरुद्ध राजबहादुरका बुबाले २०७९ साउन ३ गते पुरक किटानी जाहेरी दिएका थिए । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.