भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अख्तियारका आयुक्त भ्रष्टाचारी ठहर

अख्तियारका आयुक्त भ्रष्टाचारी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । अदालतले उनलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपाने पनि दोषी ठहर भएका छन् ।

उनलाई तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना अदालतले तोकेको छ । अख्तियारको आयुक्त भएको अवस्थामा घुस लिएकाले पाठकलाई थप तीन महिना कैद सजायको फैसला भएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

भक्तपुर चाँगुनारायणस्थित कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाउन सञ्चालक न्यौपानेले दिएको ७८ लाख घुस रिसवत लिएको पुष्टि भएको भन्दै अख्तियारले २०७५ चैत १२ गते विशेषमा अभियोगपत्र दर्ता गरेको थियो ।

पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा बिगो ७८ लाख रुपैयाँ कायम गरी दफा ३ (१) र सोही उपदफाको देहाय (ज) बमोजिम जरिवाना कैद सजाय माग गरिएको थियो । यस्तै पाठक पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको भन्दै दफा २४ बमोजिम थप तीन वर्षसम्म कैद सजाय माग गरिएको थियो ।

पाठकले घुस लिएको श्रव्यदृश्य २०७५ फागुन १ गते सार्वजनिक भएको थियो । उनले फागुन ३ गते पदबाट राजीनामा गरेपछि अनुसन्धान गरिएको थियो । ४० लाख र ३८ लाख नगद दुईपटक गरी कलेजका तत्कालीन अध्यक्ष न्यौपानेका तर्फबाट पाठकलाई बुझाएको भनी ज्ञानेन्द्र झाले अख्तियारमा बयान दिएका थिए ।

भिडियोमा पाठकको सिफारिस र रोहवरमा शुभनारायण पाठकले थप १५ लाख रुपैयाँ अतिरिक्त घुस लिएको अभियोग लगाइएको थियो । उक्त रकम कलेजसँग सम्बन्धित नरहेको भन्दै अख्तियारले त्यस सम्बन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । सरकारले गठन गरेको छानबिन समितिले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.