भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

अझै चार दिनसम्म लू चल्ने विज्ञहरुको अनुमान, सरकार वेखबर

अझै चार दिनसम्म लू चल्ने विज्ञहरुको अनुमान, सरकार वेखबर

काठमाण्डौ । एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने अनुमान गरिएको छ । तत्काल पानी पर्ने सम्भावना नरहेको ले अझै केही दिन लु चल्ने मौसमविद्ले अनुमान गरेका हुन । तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित बनेपछि धेरैजसो विद्यालय बन्द भएका छन् । अस्पतालमा बिरामीको चाप बढ्न थालेको जनाएको छ । पश्चिमी वायु कमजोर रहेकाले तराई मधेसमा अझै चार र पाँच दिन मौसम यस्तै रहने अनुमान गरिएको छ ।

अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको विज्ञहरुले बताएका छन्।
गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र प्राधिकरणमा अनौपचारिक कुराकानी भइरहे पनि कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन । सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन ।

यसले गर्दा पनि यस्तो बेला कसरी नागरिकलाई राहत दिने भन्नेबारे कुनै योजना बनाउन कठिनाइ भएको प्राधिकरणकले जनाएको छ । गर्मीले नागरिकलाई घर बाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ । डाक्टरहरुले घाम चर्किएका बेला सकेसम्म घर बाहिर नहिँड्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चर्को घाममा नहिँड्न तथा हिँड्नै परे छाता ओड्न, पातला कपडा लगाउन आग्रह गरेको छ ।

धिकरणले प्रभावित क्षेत्रका पालिका तथा प्रदेशसँग पनि सहकार्य र समन्वयका लागि छलफल गर्ने तयारी गरेको छ । स्थानीय सरकारले पनि अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याएको छैन । नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आए पनि सरकारले प्रभावितको राहतका लागि भनेर कुनै योजना भने ल्याउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.