भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा आवश्यक : मेयर प्रजापति

अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा आवश्यक : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा आवश्यक पर्ने बताएका छन् । भक्तपुर नपाको आवधिक योजना तर्जुमासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा शुक्रबार बोल्दै मेयर प्रजापतिले आवधिक योजनाको सुरुवात सोभियतकालीन राज्यबाट भएको उल्लेख गर्दै देशलाई चरणबद्ध रुपमा विकास गर्न र उपलब्ध सीमित स्रोत साधनबाट अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा आवश्यक पर्ने बताएका हुन ।

नगरको विकास कार्यलाई व्यवस्थित र निर्धारित समयमै सञ्चालन तथा सम्पन्न गर्न आवधिक योजनाको आवश्यकता रहने उल्लेख गर्दै उनले स्थानीय तहहरुले अरुको नक्कल गर्ने नभई आफ्नो वास्तविक धरातलमा आधारित योजना बनाउनुपर्नेमा जोड दिए । उपप्रमुख रजनी जोशीले आवधिक योजना तर्जुमाले नगर र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगरको सन्तुलित र सुनियोजित विकास गर्न यसको आवश्यकता रहेको बताइन ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले आवधिक योजनाको महत्वमाथि प्रष्ट पार्दै मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, भौतिकलगायतको विकासको लागि उपलब्ध सीमित स्रोतसाधनको आधारमा योजना सम्पन्न गर्न आवधिक योजनाको महत्व धेरै हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.