भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अध्यादेशलाई राजपत्रमा प्रकाशित नगर्न निर्देशन, सम्पत्ति शुद्धीकरण अध्यादेश अलपत्र

अध्यादेशलाई राजपत्रमा प्रकाशित नगर्न निर्देशन, सम्पत्ति शुद्धीकरण अध्यादेश अलपत्र

काठमाडौं । निर्वाचन आयोगले अध्यादेशहरु जारी गर्ने संघीय र प्रदेश सरकारको तयारीलाई रोक लगाउने भएको छ ।

बुधबार राति बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई अध्यादेशवारे स्पष्टीकरण सोधिएको छ । आयोगले प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अध्यादेशलाई राजपत्रमा प्रकाशित नगर्न निर्देशन दिएको छ ।

राजपत्रमा प्रकाशित नहुँदासम्म अध्यादेश कार्यान्वयन हुन सक्दैन । बागमती प्रदेश सरकारले प्रदेश हस्तकलाग्राम स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्विकृत गरेर जारी गरेको थियो ।

त्यसबारे उजुरी परेपछि आयोगले मुख्यमन्त्री र प्रमुख सचिवलाई २४ घण्टे स्पष्टीकरण सोधेर राजपत्रमा प्रकाशित नगर्न निर्देशन दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.