भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अन्तर्राष्ट्रिय सहनशीलता दिवसको महत्व र आवश्यकता झन्झन् बढाउँदै

अन्तर्राष्ट्रिय सहनशीलता दिवसको महत्व र आवश्यकता झन्झन् बढाउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन अन्तराष्ट्रिय सहनशीलता दिवस मनाइन्छ । । विहीबार यो दिवस मनाइएको हो । यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्द्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गरेको छ ।

विश्वमा बढ्दो हतियारको उन्माद र शक्ति राष्ट्रहरुबिचको तिव्र ध्रुवीकरणले अन्तराष्ट्रिय सहनशीलता दिवसको महत्व र आवश्यकता झन्झन् बढाउँदै लगेको छ । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो ।

नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित होस भनेर राष्ट्रसंघलाई दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोद्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.