भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने योजना नबनाउन अमेरिकालाई राष्ट्रपति सि को आग्रह

आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने योजना नबनाउन अमेरिकालाई राष्ट्रपति सि को आग्रह

एजेन्सी । अमेरिका भ्रमणमा रहेएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्ता भएको छ । वार्तापछि दुई देश सैन्य सम्पर्क पुर्नस्थापना गर्न राजी भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका र उनीहरु ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमत भएका छन् । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिले आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने कुनै योजना नबनाउन अमेरिकालाई आग्रह गरेको बताइएको छ ।

उनले ताइवानलाई हतियार आपुर्ती बन्द गर्न तथा ताइवानसँग चीनको शान्तिपूर्ण एकिकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह समेत गरेका छन् । चिनिया राष्ट्रपति सिसँग चार घण्टा लामो शिखर वार्तापछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले आफुहरु ‘प्रत्यक्ष, खुला र स्पष्ट’ सञ्चारमा फर्किएको जानकारी दिए ।

बाइडेनले सीसँगको वार्ता अहिलेसम्मकै रचनात्मक र फलदायी छलफलहरू मध्येको एक भएको बताए । उनले चिनियाँ राष्ट्रपतिलाई तानाशाह मान्ने आफ्नो अघिल्लो टिप्पणीमा भने फेरबदल नभएको प्रतिक्रिया दिए ।

 


Thali Mobile Pvt.Ltd.