भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

अपराध बढ्दै जाँदा समस्या, ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या

अपराध बढ्दै जाँदा समस्या, ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या

काठमाडौं । देशै भर आपराधीक गतिविधिहरु बढिरहेका छन् । मानिसहरु सुरक्षित अवस्था रहन सक्ने अवस्था नरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८ साउनदेखि २०७९ जेठसम्मको तथ्याकं हेर्ने हो भने आपराधीक गतिविधिले उच्च रुप लिएको देखिन्छ पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ । हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८ साउनदेखि २०७९ जेठसम्म ९ सय ६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् । साउन यता १५ सय २२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ । ११ महिनामा प्रहरीले गर्भ संरक्षण विरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हत्याका घटना प्रदेश १ मा सवैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौं उपत्यकामा ४२ जनाको हत्या भएको जनाइएको छ ।

लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको र बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदुरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याकंले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.