भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब आँखाको उपचार राकमकर्णालीमा

अब आँखाको उपचार राकमकर्णालीमा

आठबीस । दैलेखको कर्णाली भनेर परिचित राकम स्वास्थ्य चौकीमा आँखा उपचार ईकाई स्थापना भएको छ । २०७८ असोज १ शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख खड्गराज उपाध्यायले आँखा उपचार इकाइको उद्घाटन गरे ।

उद्घाटन पश्चात आजैबाट आँखाको उपचार सेवा सन्चालन भएको छ । आँखामा सामान्य समस्या आउँदा पनि सदरमुकाम र सुर्खेत दगुर्नुपर्ने अवस्थाबाट मुक्त भएको नगर प्रमुख उपाध्ययले बताए ।

इकाइ स्थापनाले यस क्षेत्रका स्थानीय, कालिकोट र अछामका बासिन्दाले पनि सेवा लिने स्वास्थ्य शाखा प्रमुख देवराज उपाध्यायले बताए । आठबीस नगरपालिका तथा पाएक पर्ने सबै क्षेत्रका स्थानीय आँखाका बिरामीले सहजै सेवा लिन सक्ने स्वास्थ्य चौकी राकमकर्णालीले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख देबराज तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा अध्यक्ष रणबहादुर माझी, नि. प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर खत्री, एमालेका पदम बहादुर माझी, नेपाली काँग्रेस आठबीसका सभापति अर्जुन बहादुर शाही, हिम्मत माझी, मान बहादुर सिजापति, स्वास्थ्य चौकी प्रमुख करण बहादुर सावद, रेडक्रस उप शाखा सभापति अर्जुन ब शाहीलगायतले इकाइ स्थापनाको शुभकामना दिएको आठबीस नगरपालिकाबाट खबर पठाउँदै अनमी रेशमा कुमारी विकले बताइन् ।

तस्बीरमा…

 

 


Thali Mobile Pvt.Ltd.