अमेरिका चीन आमनेसामने, बाइडेन र सी मनलोभ्याउने हाँसो

अमेरिका चीन आमनेसामने, बाइडेन र सी मनलोभ्याउने हाँसो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पहिलो पटक बैठक सम्पन्न छ । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपतिसँग भर्चुअल बैठकका रुपमा आमनेसामने भएका हुन ।

तइवान, साइबर सुरक्षा, व्यापार र आणविक अप्रसार सन्धी जस्ता विषय वार्ताका एजेण्डा तय गरिएको सो बैठकमा ताइवाको विषय उठेपनि उक्त विषय द्वन्द्वमा परिणत हुन नदिनु दुवै देशको जिम्मेवारी रहेको बताए ।

जब भर्चुअल बैठक प्रारम्भ भयो एकअर्कालाई अभिवादन गर्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना पुराना मित्र बाइडेनलाई भेट्न पाउँदा खुशी लागेको बताए । त्यसपछि अमेरिकी राष्ट्रपति बाइडेनले आफूहरु दुई जना एक अर्कामा औपचारिक नबनेको भन्दै अरु मान्छेले सोचे जस्तो आफूहरु कहिल्यै पनि नटाढिएको बताए ।

जलवायु परिवर्तन तथा कोभिड जस्ता विश्व चुनौतिसंग मिलेर सामना गर्नुपर्नेमा जोड दिँदै चिनियाँ राष्ट्रपति सीले दुई देशबीच मिलेर काम गर्नका लागि सम्पर्क सुधार जरुरी रहेको बताए ।

राष्टपति बाइडेनले पनि दुई देशबीचको प्रतिष्पर्धा र मतभिन्नता द्वन्द्वमा परिणत हुँदैन भन्नका लागि आफूले केही मापदण्डहरु तय गर्न चाहेको उल्लेख गरे । चीन र अमेरिकाबीचको सुमधुर सम्बन्ध विश्वका लागि महत्वपूर्ण हुने भन्दै दुबै व्यक्तित्वले खुशी व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.