भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अमेरिका र चीनको सम्बन्ध सुधारउन्मुख

अमेरिका र चीनको सम्बन्ध सुधारउन्मुख

काठमाडाैं । अमेरिकाले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको हो। विदेशमन्त्री ब्लिंकेनले सबैखाले समस्याहरुलाई संवाद मार्फत समाधान गर्नका लागि चीनसँग प्रस्ताव गर्नुभएको र चीन पनि त्यसका लागि तयार भएको दाबी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीन भ्रमणमा रहेका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको बताइएको हो । ब्लिंकेन विगत पाँच वर्षमा चीन पुग्ने पहिलो उच्च तहका अधिकारी हुनुहुन्छ । चिनियाँ विदेश मन्त्री छिनले अमेरिकासँग स्थिर, अनुमान गर्न सकिने र रचनात्मक सम्बन्ध चाहेको बताउनु भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्रीले चीन–अमेरिका सम्बन्धमा ताइवान नै मुख्य बिवादको विषय रहेको भन्दै ताइवानको विषय चीनका लागि निकै संवेदनशील हो भन्ने पनि प्रष्ट पार्नुभएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.