भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लियो

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लियो

एजेन्सी । भेनेजुएलामा विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राष्ट्रपति मादुरोलाई निर्वाचन परिषद्ले जुलाईको चुनावमा विजयी घोषणा गरेको थियो ।

राष्ट्रपति निकोलस मादुरो निकट रहेको सरकारी वकिलको कार्यालयले गरेको अनुरोधपछि एक न्यायाधीशले गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी गरेका बीबीसीले जनाएको छ ।

परिषद्का धेरैजसो सदस्यहरू राष्ट्रपति मादुरोकै समर्थनमा छन् । तर सरकारले आफ्नो विजयको दाबीलाई समर्थन गर्ने कुनै प्रमाणहरू प्रकाशित गर्न सकेको छैन । विपक्षीहरूले भने उनीहरूको मतदान डाटाले गोन्जालेजले सजिलै जितेको देखाएको बताउँदै आएका छन् ।

अमेरिकाको न्याय विभागले विमान गैरकानूनी रूपले १३ मिलियन डलरमा किनिएको आरोप लगाएर विमानलाई नियन्त्रणमा लिई फ्लोरिडा लगिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले मादुरोको विमान डोमिनिक रिपब्लिकबाट नियन्त्रणमा लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.