भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

अमेरिकाले ८० अर्बको अनुदान दिने

अमेरिकाले ८० अर्बको अनुदान दिने

काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले ८० अर्बको अनुदान सहायता दिने भएको छ । अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान नेपाल सरकारले स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग भएको बताइएको छ । अमेरिकाले एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता दिन लागेको हो ।

मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने पनि निर्णय गरेको छ ।

मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जान्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै राष्ट्रिय आवास कम्पनि लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.