भर्खरै : Sorry, your browser does not support inline SVG.

अरिंगालले टोकेर आमाछोरीको मृत्यु

अरिंगालले टोकेर आमाछोरीको मृत्यु

सल्यान । अरिंगालले टोक्दासिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कुमाख– १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको हो ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीन जनालाई टोकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको मृत्यु भएको हो।

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए।

अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.