भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध

अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरोध गरेका छन् । शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।

राष्ट्रिय सभाको बैठक सुचारु भएसंगै अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्री जर्नादन शर्मालाई समय दिनेबित्तिकै नेकपा एमाले सांसदहरू उठेर विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले आफ्ना कुराहरु राख्न समय दिए । तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको समाचारहरु आएको बताएका थिए । सबैकुरा घाम जतिकै छर्लङ्ग भइसकेपछि पनि गरिमाय पदमा बसीरहन नमिल्ने बताउँदै नैतिकता छ भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।

त्यसैगरी सांसद भट्टराईले प्रतिनिधिसभाको बैठकमा सो विषयमा नेकपा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरेको र सो कुरालाई संसदले नजरअन्दाज गरेकाले राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

विरोधका बीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.