भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

अर्थमन्त्रीले राजीनामा नदिएसम्म अर्थसचिव मरासिनी मन्त्रालय नफर्किने

अर्थमन्त्रीले राजीनामा नदिएसम्म अर्थसचिव मरासिनी मन्त्रालय नफर्किने

काठमाडौं । बजेट निर्माण गर्दा अनाधिकृत क्षेत्रका मानिसहरुलाई अर्थमन्त्रालयमा भित्राएका अर्थमन्त्री जनार्दन शर्माको व्यापक विरोध भइरहदा अर्थसचिव सचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदा बसेका छन् । अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन ।

बिदा बसेको विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई जानकारी गराएको जनाएको छ । उनले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने बाचा गरेको उल्लेख छ । यता संसदमा अर्थमन्त्री शर्माको व्यापक विरोध मात्रै होइन रोष्टमबाटै राजीनामा माग भइरहेको छ ।

सांसदहरुले अर्थमन्त्री शर्माको राजनीमा मागिरहदा अर्थमन्त्री शर्मा सामाजिक सञ्जालमा ट्रोल बनेका छन् । उनको सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलहरूले पनि अर्थमन्त्री  शर्माको  राजीनामा माग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.