भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अष्ट्रेलियमा एक नेपाली दम्पतीको मृत्यु

अष्ट्रेलियमा एक नेपाली दम्पतीको मृत्यु

काठमाडौं । दुर्घटनामा परि अष्ट्रेलियमा एक नेपाली दम्पतीको निधन भएको छ । सडक दुर्घटनामा परि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ का सन्तोष अधिकारी र उनकी श्रीमती प्रतिमा थापाको मृत्यु भएको हो ।

उनीहरु ६ वर्ष अघि अध्यायनका लागि अष्ट्रेलिका गएको परिवारले जनाएको छ । विवाह गर्नेवित्तिकै सन्तोष अष्ट्रेलिया गएका थिए भने त्यसको ५ महिनापछि उनकी श्रीमती प्रतिमा पनि उडेकी थिइन् ।

अप्रत्यासित मृत्युको खबर सुन्दा यतिबेला सन्तोषका परिवार भावविह्वल अवस्थामा छन् । सन्तोषका घरमा ८४ वर्षीया हजुरआमा, आमा र बुवा छन् । मेलबर्नमा भएको सडक दुर्घटनामा मृत्यु भएको खबर उनका अष्ट्रेलियामै भएका आफन्तबाट आएको थियो ।

सोमबार साँझ साढे ६ बजेतिर सन्तोष र प्रतिमा कामबाट घर फर्किँदै थिए । सो समय सन्तोष र प्रतिमा चढेको कारलाई अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

२० वर्षीय युवकले चलाएको उक्त कार १ सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा रहेको प्रहरीले बताएको छ । मृतक दुवैको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.