भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

असारमा बाढी पहिरोको जोखिम सजग रहन आग्रह

असारमा बाढी पहिरोको जोखिम सजग रहन आग्रह

काठमाण्डौ । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीन–तीन जना बेपत्ता भएका छन् । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ ।

लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ ।

मङ्गलवार यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ताप्लेजुङ र पाँचथरमा तीन र तीन जना तथा भोजपुर र सङ्खुवासभामा एक र एक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । छ जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.