भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

असोज २८ गतेदेखि कार्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डौ सडकमा ठूला ट्रक चलाउन विभागद्वारा रोक

असोज २८ गतेदेखि कार्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डौ सडकमा ठूला ट्रक चलाउन विभागद्वारा रोक

काठमाण्डौ । ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी असोज २८ गतेदेनि कार्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डौ सडकमा चलाउन नपाइने भएको छ । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडी नरोकिने यातायात व्यवस्था विभागले जनाएको हो । दशैँमा काठमाण्डौबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।

यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो । विभागका अनुसार आइतबारदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ ।

ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ । असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाण्डौबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ । रुट परमिट आउँदो कात्तिक १० गतेसम्म खुला रहने छ । रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन् ।

 


Thali Mobile Pvt.Ltd.