अस्पतालको भर्‍याङमुनि बेबारिसे नवजात शिशु

अस्पतालको भर्‍याङमुनि बेबारिसे नवजात शिशु

चितवन । भरतपुर अस्पतालको भर्‍याङमुनि कपडामा बेरिएको एक नवजात शिशुले हात चलाइरहेको अवस्थामा भेटियो। चिसो भूइँमा राखिएको शिशु देख्दा हत्तपत्त प्रहरीलाई खबर गरियो ।

जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको प्रहरीले पत्ता लगायो । दैनिक ३५ देखि ४० जना महिला सुत्केरी हुने अस्पतालभित्र कसले छाड्यो ?

अस्पताल भित्र सुत्केरी गराएका आमाहरुको तथ्यांक अहिले अस्पतालले हेरिरहेको सूचना अधिकारीले बताए । शिशुलाई कसले छोडेको भन्ने खुल्न नसकेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

नवजात शिशुलाई अस्पतालको एनआईसीयू कक्षमा राखिएको छ । अस्पतालको एनआईसीयू इन्चार्ज डा.ओमकृष्ण पाठकले शिशुमा केही संक्रमण देखिएकोले परीक्षणका लागि पठाइएको बताए ।

 


Thali Mobile Pvt.Ltd.