भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

अहिलेसम्मकै धेरै संक्रमित संख्या ४० हजार नाघ्याे, कुन जिल्लामा कति ? (भिडियोसहित)

अहिलेसम्मकै धेरै संक्रमित संख्या ४० हजार नाघ्याे, कुन जिल्लामा कति ? (भिडियोसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार थपिएकासहित नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ४० हजार ५२९ पुगेको छ। काठमाडौंमै ३९३ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ९१ जनामा संक्रमण देखिएको छ। त्यस्तै, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबारको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ४८१ जनामा संक्रमण देखिएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १
उदयपुरमा १ जना, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, मोरङमा १२, पाँचथरमा १ र सुनसरीमा ५६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २
धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १ र सर्लाहीमा १९ जना संक्रमित भेटिएका छन्।

वाग्मती प्रदेश
काठमाडौंमा ३९३, काभ्रेमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, भक्तपुरमा ३०, मकवानपुरमा ६, रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १, रसुवामा १, नुवाकोटमा २ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन्।

गण्डकी प्रदेश
कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्व १५, पर्वतमा १ र लमजुङमा ३२ जना संक्रमित थपिएका छन्।

प्रदेश ५
अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, नवलपरासीमा ४, पाल्पामा १, गुल्मीमा १३, दाङमा १३, प्युठानमा १, बाँकेमा ३३, बर्दियामा ७, रुकुम पूर्वमा १ र रुपन्देहीमा ९१ जना संक्रमित भेटिएका छन्।

कर्णाली प्रदेश
जुम्लामा २, सल्यानमा १, दैलेखमा २ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

र सुदूरपश्चिम प्रदेश
अछाममा १३, कञ्चनपुरमा ४, कैलालीमा २०, डोटीमा २४, बझाङमा ४०, डडेल्धुरामा २ र बैतडीमा १२ जना संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन्

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/655462175076019/

भने अहिलेसम्म २२ हजार १७८ जना उपचारपछि घर फर्किएका छन्। देशभर संस्थागत आइसोलेन १० हजार ८३२ जना र होम आइसोलेनमा ७ हजार २८० मा गरी १८ हजार ११२ जना संक्रमित व्यक्तिहरु आइसोलेसनमा रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.